खप्तड गोल्डकपमा एपीएफ र मेची नेत्रालय झापा आमने-सामने हुँदै

रेडियो कान्तिपुर संवाददाता

पुस २८, २०७५

- धनगढीमा जारी तेस्रो सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलमा आजबाट क्वाटर फाईनल चरणका खेल सुरु हुदैछन् । प्रतियोगिताको पहिलो क्वाटरफाईनलमा विभागीय नेपाल एपीएफ र मेची नेत्रालय झापा आमने सामने हुँदैछन् ।

धनगढीस्थित क्षेत्रीय रंगशालामा दिउँसो ३ बजे सुरु हुने प्रतिस्पर्धामा दुबै टोली जित हात पार्दै सेमिफाईनल पुग्ने योजनामा छन् । मेत्री नेत्रालयले उद्घाटन खेलमा आयोजकलाई हराउदै क्वाटर फाईनल यात्रा तय गरेको हो भने एपीएफ वाई पाएर अन्तिम आठबाट यात्रा सुरु गर्न लागेको हो । 


प्रतिक्रिया