चीन र दक्षिण कोरिया एसीयन कप फुटबलको दोस्रो चरणमा 

रेडियो कान्तिपुर संवाददाता

पुस २८, २०७५

- लगातार दोस्रो जित निकाल्दै चीन र दक्षिण कोरिया एसीयन कप फुटबलको अघिल्लो चरणमा प्रवेश गरेका छन् । समुह बी अन्तर्गत गएराती भएको खेलमा चीनले फिलिपिन्सलाई ३–० ले तथा कोरियाले किर्गीस्तानलाई १–० ले हरायो । 

फिलिपिन्सविरुद्ध चिीनलाई जित दिलाउन वु लिले २ तथा यु दवाओले एक गोल गरे । पहिलो हाफमा १–० को अग्रता बनाएको चीनले दोस्रो हाफमा २ गोल गर्दै सहज जित हात पारेको हो । 

किर्गीस्तानविरुद्धको संघर्षपुर्ण खेलमा किम मिङ जेईले ४१ औँ मिनेटमा गरेको गोल कोरियाको जितमा पर्याप्त बनेको थियो ।

गएराती नै अष्ट्रेलियाले प्यालेस्टाईनलाई ३–० ले हरायो । जारी प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन अष्ट्रेलियाको यो पहिलो जित हो । यो जितसंगै उसको अघिल्लो चरण प्रवेशको संभावना जिवितै रहेको छ । एसियन कप फुटबलमा आज भियतनाम र इरान, यमन र इराक तथा यमन र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया