अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि कसरत सुरु

रेडियो कान्तिपुर संवाददाता

पुस २९, २०७५ | एजेन्सी

अमेरिकामा सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनको उम्मेदवार छनौटका लागि प्रतिपक्ष डेमोक्रेटिक पार्टीमा कसरत सुरु भएको छ । नेता जुलियन कास्त्रोले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् भने ३७ वर्षिय नेतृ तुल्सी गावार्डले यही साता घोषणा गर्ने बताएकी छन् । यद्यपि पार्टीको आन्तरिक निर्वाचन पछि राष्ट्रपतिको उम्मेदवार तय हुनेछ ।

पार्टीले कास्त्रोलाई उम्मेद्वार बनाए उनी राष्ट्रपतिका लागि पहिलो ल्याटिन अमेरिकी मुलका नागरिक बन्नेछन् भने गाबार्ड छनोट भए पहिलो हिन्दु उम्मेदवार हुनेछन् । आन्तरिक निर्वाचनमा जित हात पार्ने दुई मध्ये एकले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिनेछन् । रिपब्लिकनबाट ट्रम्प एक्ला उम्मेद्वार छन् ।

डेमोक्रेटबाटै पूर्व सासंद जोन डेलाने र माथिल्लो संसद सदस्य एलिजावेथ वारेनले पनि उम्मेदवारको दौडमा सहभागी हुने दाबी गर्दै आएका छन । 

 


प्रतिक्रिया