धादिङमा बस दुर्घटना, ३१ जना घाइते

रेडियो कान्तिपुर संवाददाता

पुस २९, २०७५ | धादिङ

धादिङमा आज बिहान यात्रु बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । काठमाडौंबाट बर्दिया जाँदै गरेको बा २ ख ४६८३ नम्बरको बस पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै सडकमै पल्टिएको थियो ।

इलाका प्रहरी कार्यालय गजुरीकाअनुसार, गम्भीर घाइते एक जनालाई थप उपचारका लागि काठमाडौं ल्याईएको छ । अन्य घाइतेको स्थानीय अस्पताल तथा स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

गाडीमा ४१ जना सवार रहेको प्रहरीले जनाएको छ । 

 


प्रतिक्रिया