मनमोहन स्मृति राष्ट्रिय एक दिवसिय क्रिकेटमा प्रदेश ७ विजयी

माघ १, २०७५ | सुनसरी

सुनसरीमा जारी मनमोहन स्मृति राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा प्रदेश ७ विजयी भएको छ । समूह सी अन्र्तगतको दोस्रो खेलमा प्रदेश ७ ले, प्रदेश ५ लाई १ सय १८ रनले पराजित गर्‍यो ।

प्रदेश ७ ले दिएको २ सय ४५ रनको लक्ष्य पच्छाएको प्रदेश ५, २८ दशमलव ३ ओभरमा १ सय २६ रन जोड्दै अलआउट भयो । कृष्ण कार्कीले ३६ रन जोड्न बाहेक अन्य ब्याट्सम्यान क्रिजमा जम्न सकेनन् । प्रदेश ७ का विक्रम ठगुनाले ४ तथा नारायण जोशी र शेर मल्लले २–२ विकेट लिए । 

यसअघि इनरुवा खेल मैदानमा टस जितेर ब्याटिङ गरेको प्रदेश ७ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४४ रन जोड्यो ।

लोकेश बमले ६८ र रोशन अधिकारीको ५९ रन जोडे । प्रदेश ५ का मान बहादुर थापाले ३ तथा रुपेश कुर्मी र विक्रम भुषालले २–२ विकेट लिए । प्रतियोगितामा भोलि भारतको सुपौल र प्रदेश ७ बीच प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया