पर्वतमा बस दुर्घटना, ४ जनाको मृत्यु 

रेडियो कान्तिपुर संवाददाता

माघ ३, २०७५ | काठमाडौं

- पर्वतको कुश्मा नगरपालिका १ स्थित मालढुङ्गामा यात्रु बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । अन्य ३७ जना घाईते भएका छन् । म्याग्दीको बेनीबाट चितवनको नारायणगढ आउँदै गरेको ग१ख ६१०८ नम्बरको यात्रु बस तीब्र गतिका कारण बागलुङसँगको सीमा क्षेत्र मालढुंगाबाट बिहान करिब ७ बजेतिर कालीगण्डकी नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ४ जनाको मृत्यु भएपनि उनीहरुको खनाखत भने हुन सकेको छैन । घाईते सवैलाई उपचारका लागि बागलुङ जिल्ला अस्पताल लगिएपनि गम्भीर घाईते केहीलाई भने पोखरा रेफर गरिएको बागलुङ सहकर्मी प्रकाश बरालले जनाएका छन् ।    


प्रतिक्रिया