हिमपातले हवाई सेवा अवरुद्ध

रेडियो कान्तिपुर संवाददाता

माघ १३, २०७५ | मुगु

– भारी हिमपातका कारण मुगुको एक मात्र रारा विमानस्थलको हवाई सेवा दुई दिन देखि अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । धावनमार्गमा हिउँ जमेर मौसम पनि अनुकुल नहुँदा दुई दिनदेखि सुर्खेत, नेपालगञ्ज देखि जहाज उडान नभएको रारा हवाई नागरिक उड्ययन कार्यालयले जनाएको छ । जहाज अवरुद्ध भएपछि सुर्खेत नेपालगञ्ज झर्ने र मुगुतिर आउने यात्रुलाई कठिनाई परेको छ । भारी हिमपातका कारण दुई दिनदेखि जहाज उडान नभएको रारा विमानस्थल प्रमुख मोहन गिरीले जानकारी दिनुभयो ।

भारी हिमपातकै कारण गमगढी नाग्मा सडक अवरुद्ध भएको छ । हिउँ थपिदै जान थालेपछि गमगढी नाग्मा सडक खुल्न अझै समय लाग्ने रारा छायाँनाथ यातायात प्रालिले जनाएको छ । हिमपातले सडक अवरुद्ध भएपछि दर्जनांै मालबाहक गाडी, जिप बीच बाटोमा नै अलपत्र परेका छन् । 

 


प्रतिक्रिया