भैरहवाका उद्यमी व्यवसायीद्वारा धर्ना 

माघ २५, २०७५ | भैरहवा

बैंकले ब्याजदर बढाएको विरोधमा आन्दोलनरत भैरहवाका उद्यमी व्यवसायीले आज भैरहवास्थित नेपाल राष्ट्र बैंकको शाखा कार्यालयमा डेढ घण्टासम्म धर्ना दिएका छन् ।

बैकिंङ्ग सिण्डिकेट खारेज गर, बैंकिङ्ग कालाबजारी बन्द गर, व्यवसायीको व्याज दर ८ प्रतिशत कायम गर लेखिएका प्लेकार्ड र व्यानरका साथमा उद्यमी व्यवसायीले बिहान १० बजेदेखि धर्ना दिएका थिए । दर्केर परेको पानीमा पनि भिज्दै व्यवसायी शान्तिपूर्ण धर्नामा सहभागी थिए । 

उनीहरुको आन्दोलनमा साथ दिंदै नेपाल सुनचाँदी व्यवसायी संघ सिद्धार्थनगर शाखा, सिद्धार्थ होटेल एशोसिएसन र नागरिक सरोकार केन्द्र सिद्धार्थनरले ऐक्यबद्धता जनाएका छन् ।

शान्तिपूर्ण आन्दोलनको अगुवाई गरेको उद्योग व्यापार संगठनका रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बैंकहरुले हचुवाको भरमा व्याजदर बढाउँदा उद्योग धन्दामा प्रत्यक्ष असर परेको बताउनुभयो ।

दोस्रो चरणको आन्दोलन आजदेखि सकिएकाले तेश्रो चरणको आन्दोलनका कार्यक्रम चाडै सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।


प्रतिक्रिया