मृतकका परिवारलाई राहत उपलब्ध

माघ २८, २०७५ | तनहुँ

– चितुवाको आक्रणबाट मृत्यु भएका तनहुँ भानुका पीडित परिवारलाई सरकारले राहत रकम वितरण गरेको छ । चितुवाको आक्रमणबाट मृत्यु भएकी चार बर्षीया रन्जिता लम्सालको परिवार र दश बर्षीय बालका अमृत गुरुङ्गको परिवारलाई दश लाख रुपैयाँका दरले राहत वितरण गरेको डिभिजन वन तनहुँका प्रमुख केदार बरालले बताउनुभयो ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका वन तथा वातावरण मन्त्रालयले क्षतिको आधारमा उपलब्ध भएको राहत रकम गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री हरि चुमानले पीडित परिवारलाई हस्तान्तरण गर्नु भएको थियो । त्यस्तै भालुको आक्रमबाट घाइते भएका भानु ११ का भिमबहादुर तामाङ्गलाई ५६ हजार ८ सय ६१ रुपैयाँ राहत वितरण गरिएको छ । 

 


प्रतिक्रिया