बर्षातले कर्णाली करिडोर सडक निर्माण कार्य प्रभावित 

रेडियो कान्तिपुर संवाददाता

माघ २९, २०७५ | मुगु

- हिमपात र बर्षातका कारण हुम्लाको सिमकोट जोडने कर्णाली करिडोर सडक निर्माण कार्य प्रभावित भएको छ । लगातारको बर्षातले गर्दा नेपाली सेनाले निर्माण गर्दै गरेको सडक खण्डको बिभिन्न स्थानमा पहिरो जाँदा फेरि खन्नु पर्ने अवस्था आएको छ ।

 बर्षातले बाजुरा र कालिकोट सडक खण्डको करिव १० वटा स्थानमा पहिरो जाँदा पन्छाएर सडक बनाउनुपर्ने अवस्था आएको कर्णाली करिडोर सडक निर्माण कार्यदल प्रमुख मिलन कार्कीले बताउनुभयो । 

धेरै स्थानमा पहिरो खसेकाले समस्या भएको बताउँदै कार्कीले कर्णाली करिडोर सडक निर्माणमा करिब २ सय जना सेना खटिएर कामलाई तिब्रता दिएको जानकारी दिनुभयो । कालिकोटको खुलालु देखि हुम्लाको सरिसल्लासम्मको १ सय ४५ किलोमिटर सडक खन्ने काम नेपाली सेनाले जिम्मा लिएको छ । निर्माण कार्य सुरु भए देखि हाल सम्म करिव ९६ किलोमिट ट्रयाक निर्माण भएको कार्कीले जानकारी दिनुभयो ।  

 


प्रतिक्रिया