सशस्त्रका आइजीपी खनालले ल्याए, 'भ्यालेन्टाइन डे' को कोसेली

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २, २०७५ | काठमाडौं

- प्रणय दिवसको अवसर पारेर ‘यो मन उड्यो चरा बनी आकाशमा’ बोलको गीतको भिडियो सार्वजनिक  भएको छ ।  गीतमा शैलेन्द्र शरदको शब्द र गैरे सुरेशको संगीत रहेको छ । सानिध्य खनाल र स्मीता दाहालद्वारा स्वरबद्ध यो गीत ‘शरद २’ एल्बममा समावेश छ ।  युवराज वाइबाले निर्देशन गरेको भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठ फिचर्ड छन् ।

 आक्स इन्टरटेन्मेन्टले बजारमा ल्याएको रहेको ‘शरद २’ एल्बममा यस गीत सहित  ७ वटा गीत समावेश रहेको संगीतकार गैरे सुरेशले जानकारी दिनुभयो ।  डेढ दशक भन्दा बढी समयदेखि सांगितिक क्षेत्रमा सक्रिय गीतकार शैलेन्द्र शरद हाल सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरिक्षक समेत हुनुहुन्छ ।  


प्रतिक्रिया