प्रदेश ५ सरकारले स्थापना दिवस मनाउँदै

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ३, २०७५ | रुपन्देही

- रुपन्देही प्रदेश  ५ को सरकार स्थापनाको वर्षदिन पुगेको अवसरमा आज प्रथम स्थापना दिवस मनाउँदै छ । दिवसको अवसर पारेर आज  प्रदेशभर सार्वजनिक विदा दिएको छ । दिवसको अवसरमा आज बुटवलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । 

बिहान केहीबेरअघिदेखि बुटवलमा विभिन्न संस्कृति र सामाजिक सद्भाव झल्काउने झाँकी निकालिएको छ । बुटवल बहुमुखी क्याम्पसबाट सुरु झाकी सहीतको ऱ्याली बुटवल मण्डपमा पुगेर विशेष सभामा परिणत हुने छ । सभामा प्रदेश प्रमुख, मुख्यमन्त्री लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । यसअघि हिजो प्रदेशका ६ वटै मन्त्रीले विभिन्न जिल्लाको राजमार्ग सरसफाइ कार्यक्रममा सहभागी हुनुभएको थियो । 

 


प्रतिक्रिया