राष्ट्रपति ट्रम्प आपतकाल घोषणाको  मानसिकतामा

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ३, २०७५

- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल बनाउन आवश्यक बजेट जोहो गर्न आपतकाल घोषणा गर्ने ह्वाईट हाउसले घोषणा गरेको छ । राष्ट्रपति कार्यालय ह्वाईट हाउसले जारी गरेको वक्तव्यमा सरकार बन्दको अवस्थालाई हटाउने उद्धेश्यले राष्ट्रपति ट्रम्पले संघीय बजेट पारित गर्ने उल्लेख छ ।

मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउने ट्रम्पको अडान र आवश्यक नरहेको भन्दै बिपक्षी दलले ५ अर्ब डलरको खर्च विधेयक बिफल बनाएपछि संकट निम्तिएको हो । विपक्षि डेमोक्रेटिक पार्टीले राष्ट्रपति ट्रम्प शक्तिको आडमा अपरिपक्क योजना कार्यान्वयनका लागि उद्धत भरहेको आरोप लगाएको छ ।

ट्रम्पको पछिल्लो  योजना समेत कानुन विपरित हुने विपक्षीको भनाईछ । डेमोक्रेटिक पार्टीको बहुमत रहेको तल्लो सदनबाट संघीय बजेट पारित हुन नसकेपछि ट्रम्पले संसद बाईपास गर्दै नयाँ ल्याउने अभिव्यक्ति दिदै आउनुभएको थियो । सन् २०१६ को राष्ट्रपति निर्वाचनमा मेक्सिको सँगको सिमामा पर्खाल बनाएर गैरकानुनी आप्रवासीको प्रवेश र लागु औषध रोक्ने ट्रम्पको मुख्य एजेण्डा थियो । केही दिन अघि सत्तारुढ रिपब्लिकन सांसदले प्रतिपक्षिसँग सिमा सुरक्षाका लागि केही बजेट छुट्टाउने सहमती गरेपनि ट्रम्पले सो प्रस्ताव अस्विकार गर्नुभएको थियो । 


प्रतिक्रिया