वर्तमान सरकार गठन भएको १ वर्षमा अद्भुत उपलब्धी : विष्णु रिमाल

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ३, २०७५ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहाकार विष्णु रिमालले वर्तमान सरकार गठन भएको १ वर्षमा अद्भुत उपलब्धी हात पारेको बताउनुभएको छ । आगामी सरकारलाई पनि सहज हुने गरी वर्तमान सरकारले आधार स्तम्भ तयार पारेको भन्दै सल्लाहाकार रिमालले कुनै पनि पक्षले त्यसलाई नजरअन्दाज गर्न नहुने जिकिर गर्नुभयो ।

रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै उहाँले दूरगामी प्रभावका सरकारी निर्णयले आगामी भविष्यको मार्ग स्पष्ट भएको दाबी गर्नुभयो । 

राम्रोलाई राम्रो भन्न नसक्ने प्रवृतिका कारण हरेक विषयमा नकारात्मक टिप्पणी हुने गरेको जिकिर गर्दै उहाँले क्षतविक्षत अवस्थामा रहेको धरातललाई सन्तुलनमा ल्याउन ओली नेतृत्वको सरकार सफल भएको उल्लेख गर्नुभयो । 

The Headliners with Bishnu Rimal  | Radio Journalist Prakash Pathak | 15 February  2019

समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहाकार विष्णु रिमालसँग ओली  नेतृत्वको वर्तमान सरकारको एक वर्षका उपलब्धी सँगै  यो अवधिको समिक्षामा केन्द्रित रहेर कुराकानी गरिरहेका छौँ | 

यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

The Headliners interview with Bishnu Rimal (Chief Advisor to Prime Minister)

 

The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am


प्रतिक्रिया