वरिष्ठ लोक गायक बस्नेतलाई रेडियो कान्तिपुरद्वारा विशेष सम्मान 

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ४, २०७५ | काठमाडौं

रेडियो कान्तिपुरले आज वरिष्ठ लोक गायक कुमार बस्नेतलाई विशेष सम्मान गरेको छ ।  सलाम जिउँदो इतिहासलाई कार्यक्रमको १० औँ संस्करण अन्तर्गत आज वरिष्ठ लोक गायक बस्नेतलाई सम्मान गरेको हो ।

कार्यक्रमको सुरुवातमै बस्नेतले निकै भावुक हुँदै रेडियो कान्तिपुरले थालेको स्रष्ट्राको सम्मानप्रति कृतज्ञता व्यक्त गर्नुभयो । कार्यक्रममा बस्नेतसँग भलाकुसारीका साथै चर्चित कलाकारले उहाँका गीतहरुको प्रस्तुति दिएका थिए ।

६ दशक भन्दा बढी सांगितिक क्षेत्रमा एक पछि अर्को गर्दै कालजयी गीत सुम्पिएका बस्नेत नेपाली लोक सिद्धहस्त व्यक्तित्व मानिनुहुन्छ । उहाँले २ सय बढी गीत गाउनुभएको छ । आजको सलाम जिउँदो इतिहासलाई कार्यक्रममा रुपक डोटेल, दुर्गा परियार, मुन्ना गुरुङ, राहुल भुजेल  संजय तुम्रुक लगायतले विशेष प्रस्तुति दिएका थिए । 


प्रतिक्रिया