वर्षका कारण डीपीएल अन्तरर्गतका आजका दुबै खेल रद्ध

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ४, २०७५ | धनगढी

मैदानमा पानी जमेका कारण धनगढी प्रिमियर लिग डीपीएल अन्तरर्गतका आजका दुबै खेल रद्ध भएको छ । हिजो दिनभरको वर्षाका कारण फाप्ला क्रिकेट मैदानमा पानी जमेकाले आजका दुबै खेल रद्ध गरिएको राष्ट्रिय टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले जानकारी दिए ।

पूर्व निर्धारित तालिका अनुसार आजको पहिलो खेलमा विराटनगर किंग्स र काठमाडौं गोल्डेन्स तथा दोस्रो खेलमा धनगढी स्टार्स र महेन्द्रनगर युनाईटेडबीच प्रतिस्पर्धा हुने तय थियो । खेल रद्ध भएपछि सबैले अंक बाँडे ।

अंक बाँडेसँगै काठमाडौ ५ अंकमा तालिकाको शीर्ष स्थानमा उक्लदा धनगढी ३ अंकमा तालिकाको पुछारमा छ । 


प्रतिक्रिया