सिधै क्वालिफायर खेल्ने दाउमा काठमाडौं

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ५, २०७५ | धनगढी

धनगढी प्रिमियर लिग क्रिकेट डिपीएलमा आज २ खेल हुदैछन् । पहिलो खेलमा महेन्द्रनगर युनाईटेड र सिवाईसी अत्तरिया भिड्ने छन् । फाप्ला क्रिकेट मैदानमा खेल बिहान ९ बजे सुरु हुने भनिएपनि ओसिलो पिचका कारण अझै टस हुन सकेको छैन ।

फराकिलो जितले महेन्द्रनगरको प्लेअफमा स्थान बनाउने सम्भावना बलियो हुनेछ । सुरुवाती २ खेलमा जित हात पारेको अत्तरिया तेस्रो जितसंगै १ खेल अगाबै प्ले अफ पुग्ने योजनामा छ । जित हात पारे महेन्द्रनगरको पनि सम्भावना बढ्नेछ । ओसिलो पिचका कारण टसमा ढिलाईं भएको छ । 

आजै हुने दोस्रो खेलमा अपराजित काठमाण्डौ गोल्डेन्स र रुपन्देही च्यालेन्जर्स आमने सामने हुनेछन् । दोस्रो खेलपनि सोहि मैदानमा दिउँसो १ बजेपछि सुरु हुनेछ । काठमाडौं २ खेल अगावै ५ अंकमा प्लेअफमा प्रवेश गरिसकेको छ । रुपन्देहीलाई पराजित गर्दै काठमाडौं शीर्ष स्थानमा रहेर सिधै क्वालिफायर खेल्ने योजनामा हुनेछ । ४ अंकमा तेस्रो स्थानमा रहेको रुपन्देही पनि आज जित हासिल गर्दै प्लेअफमा स्थान पक्का गर्ने ध्याउन्नमा हुनेछ । 

मैदानमा पानी जमेका कारण हिजोका दुवै खेल रद्द भए । जित्नै पर्ने दवावमा रहेको डिफेण्डिङ च्याम्पियन धनगढी स्टार्स अंक बाढ्न बाध्य भएपछि डीपीएलको तेस्रो संस्करणबाट बाहिरिने पहिलो टोली बन्यो । 

 


प्रतिक्रिया