संसदीय समितिमा छाउपडी प्रथामाथि बहस 

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ५, २०७५ | काठमाडौं

प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले सुदुरपश्चिममा कायम छाउपडी प्रथा माथिको स्थलगत अध्ययनमाथि थप छलफल गर्दैछ । समिति सदस्य स्थलगत भ्रमणका क्रममा तयार पारेको प्रतिवेदनमाथि आजको बैठकमा छलफल हुने समितिले जनाएको छ । त्यसका लागि समितिको बैठक विहान ११ बजेका लागि बोलाईएको छ ।

सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा छाउपडी प्रथा व्याप्त छ । सो प्रथा अन्त्यका लागि संसददेखि सडकसम्म आवाज उठेपनि अन्त्य भने हुन सकेको छैन । सोही विषयमा महिला तथा सामाजिक समितिका सदस्यले केहीदिन अघि स्थलगत अनुगमन गरेका थिए ।  

यस्तै प्रतिनिधि सभा कै विकास तथा प्रविधि समितिमा प्राप्त भएका एक दर्जन बढी गुनासो माथि छलफल हुँदैछ । सिंहदरबारस्थित समितिको हलमा मध्यान्ह १२ बजेपछि बस्ने बैठकमा प्राप्त भएका गुनासोमाथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

समितिको क्षेत्राधिकार सहितका एक दर्जन बढी गुनासो आएको सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो । एडिबीले सुरु गर्न लागेको कञ्चनपुरको एउटा विकास निर्माणको काममा नेपाली ठेकेदार कम्पनिले आवेदन दिन नपाएको, विद्युतीय सवारी साधन भित्र्याउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएपनि आयात गर्ने विषयमा मन्त्री नै मौन बसेको, मुलुकमा १० हजार बढी हेभी इक्वीपमेन्ट भएपनि त्यसको लाइसेन्स व्यवस्थापन नभएको जस्ता गुनासो समितिमा आएका छन् ।

यस्तै सार्वजनिक सवारी साधनमा गीत बजाए अनुसारको रोयल्टी नपाएको, दाङबाट रोल्पाको होलेरी जाने सडक निर्माणमा वन कार्यालयले अवरोध गरेको, सिन्धु्लीका केही बुहवर्षिय सडकका लागि यो वर्ष बजेट निकासा नभएको जस्ता गुनासा आएको समिति सचिवालयले जनाएको छ । 

 


प्रतिक्रिया