बंगलादेशमा भीषण आगलागी

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ५, २०७५ | एजेन्सी

बंगलादेशको चटगाउँमा भीषण आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । आगलागीमा २ सय घर जलेर नष्ट भएका छन् । ५० बढि घाईते भएको रोयटर्सले उल्लेख गरेको छ । कच्चि घर रहेको ईलाकामा आगलागी भएको हो ।

विजुली सट हुँदा आगालागी भएको प्रारम्भीक अनुमान गरिएको छ । कच्चि घर भएको क्षेत्रमा सुरक्षाका पर्याप्त सचेतना अपनाउन नसक्दा हरेक वर्ष बंगलादेशमा जनधनको ठूलो क्षति हुने गरेको छ ।

सन् २०१३ मा बंगलादेशको एक कारखानामा आगालागी हुँदा १ हजार १ सय कामदारको मृत्यु भएको थियो । 

 


प्रतिक्रिया