सरकारले विकास र समृद्धिका लागि काम गरिरहेको छ : प्रधानमन्त्री

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ५, २०७५ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको विकास र समृद्धिका लागि सरकारले काम गरिरहेको बताउनु भएको हो । 

प्रधानमन्त्री ओलीले नेपालमा विकासको गतिशिलता र लगानीको अवसर उपयुक्त भएको भन्दै यसका लागि सरकारले सुशासनको वातावरण बनाउने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकार विकास दूरदृष्टीमा कुनै दोधारोमा छैन । हामी नतिजामुखी विकासको काममा प्रतिबद्ध छौं ।” 

प्रधानमन्त्री ओलीले स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न समेत आह्वान गर्नुभएको छ । “तपाईंहरुको लगानीको सुरक्षा सरकारले गर्छ । लगानीबाट तपाईंहरुले नाफा आजर्न गर्न पनि सक्नुहुन्छ” प्रधानमन्त्री ओलीले भन्नुभएको छ । 

प्रधानमन्त्री ओलीले नेपाल लगानीका लागि उर्वर भूमि भएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले वैदेशिक लगानीले नेपालको आर्थिक वृद्धि हुने मात्र नभई नेपालाई विश्वसँग जोडिने अवसर पनि हुने बताउनुभएको छ ।


प्रतिक्रिया