घुस सहित मालपोतका कम्प्युटर अपरेटर साह पक्राउ

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ५, २०७५ | सप्तरी

– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित मालपोत कार्यालय सप्तरीका कम्प्युटर अपरेटर राजेशकुमार साहलाई पक्राउ गरेको छ । सेवाग्राहीवाट ३ हजार रुपैयाँ घुस लिदैं गरेको अवस्थामा अपरेटर साहलाई कार्यालयबाटै टोलीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।  


प्रतिक्रिया