गोदानद्वारा सप्ताहव्यापी विरोध कार्यक्रम घोषणा

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ५, २०७५ | काठमाडौं

– समायोजन प्रक्रियामा चिकित्सकलाई संघीय सरकार अन्तर्गत राख्नुपर्ने अडानका साथ आन्दोलनमा उत्रिएको सरकारी चिकित्सक संघ नेपाल गोदानले विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । काठमाण्डौंमा पत्रकार सम्मेलन आयोजना गरेर आज संघले साताव्यापी विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।

गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डेले गत पुस ३० गते सरकारले आफुहरुसंग गरेको सम्झौता विपरित समायोजन प्रक्रिया शूरु गरेकाले विरोधका कार्यक्रम सार्वजनिक गर्नु परेको बताउनुभयो । चिकित्साशास्त्र अन्य भन्दा फरक रहकेकाले पनि यसलाई संघीय सरकार अन्तर्गत नै राख्नुपर्ने उहाँको भनाई छ ।

गोदानले सार्वजनिक गरेको विरोधका कार्यक्रममा आकस्मिक बाहेकका सेवामा सरिक नहुने , सामुहिक राजीनामा दिनेसम्म रहेको छ । यस्तै भोलिदेखि ८ औं देखि ११ औं तहसम्मका चिकित्सकहरुलाई स्वेच्छिक राजिनामाका लागि हस्ताक्षर संकलन गर्ने, समायोजन विधेयक सच्याउन लगाउन राष्ट्रपतिलाई आग्रह गर्ने कार्यक्रम छ ।

 


प्रतिक्रिया