स्ववीयु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ६, २०७५ | काठमाडौं

- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको विद्यार्थी संगठनले स्ववीयु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गर्दै दवावमुलक कार्यक्रम सुरु गरेको छ । आज पहिलो दिन त्रिविका उपकुलपतिको कार्यकक्ष घेराउ गर्ने अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिनुभयो ।

त्रिविले यही फागुन १४ गतेका लागि स्ववियु निर्वाचनको मिति तय गरेपनि अहिलेसम्म स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छैन् । त्रिविले निर्वाचन समिति गठन र कार्यतालिका सार्वजनिक नगरेकाले दबाब स्वरुप आन्दोलनका कार्यक्रम अघि बढाएको छ ।

आन्दोलन स्वरुप भोलि स्ववियु निर्वाचन हुने सबै क्याम्पसमा प्रदशृन सहित क्याम्पस प्रमुखको कार्यकक्ष घेराउने गर्ने अनेरास्ववियुले जनाएको छ ।  


प्रतिक्रिया