अनुगमन गर्दा तनाब, चालकले बन्द गरे एम्बुलेन्स सेवा

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ७, २०७५ | चितवन

बिरामी बोक्ने एम्बुलेन्सको अवस्था अनुगमन गर्न जाँदा चितवनमा चालकहरुले विवाद गरेर एम्बुलेन्स सेवा नै बन्द गरेका छन् । चितवन जिल्ला जनस्वास्थ्य कार्यालयको नेतृत्वमा आज पाँच सदस्यीय टोलीले अनुगमन गरेको थियो । भरतपुर अस्पताल अगाडी रोकेका एम्बलेन्सहरु अनुगमन गर्न सुरु गरे लगत्तै टोली र चालकबीच विवाद भएको थियो ।

संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनियन चितवन शाखा अध्यक्ष सुमन घलेले अनुगमनमा आउनेहरुले जर्बजस्ती गरेकाले विवाद भएको् बताउनुभयो । अनुगमन आकस्मिक गरेपनि सडकमा नगरी रोकी राखेको ठाउँमा गरेकाले विरोध गरेको उहाँको भनाई छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयमा बैठक बसेका बेला सहभागि भएर फर्कने क्रममा संघका केन्द्रीय अध्यक्ष नवराज लामिछानेलाई प्रहरीले समाएको विरोधमा एम्बुलेन्स नचलाउने निर्णय गरेको घलेले बताउनुभयो ।

संघ अन्तर्गत ९० वटा एम्बुलेन्स रहेको र बिरामी अस्पतालसम्म ल्याउन सातवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको उहाँको भनाई छ ।  


प्रतिक्रिया