नेप्से दोहोरो अंकले घट्यो

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ८, २०७५ | काठमाडौं

धितोपत्र बजारमा आज दोहोरो अंकले गिरावट आएको छ । बजार परिसूचक नेप्से आज १२ दशमलव ७२ अंकले घटेर १ हजार १ सय १२ दशमलव २३ अंकमा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकममा पनि हिजोको तुलनामा ५ करोड रुपैयाँले गिरावट आएको छ ।

नेप्सेमा हिजो २१ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार भएका १० मध्ये ९ वटा कम्पनी समूहको उपसूचकमा भारी गिरावट आउँदा समग्र बजार प्रभावित बन्यो । सबैभन्दा बढी बीमा कम्पनी समूहको उपसूचक १ सय ६७ दशमलव ८३ अंकले घटेको छ ।

निर्जीवन बीमा समूहको १ सय ५ दशमलव ४५, लघु वित्त समूहको १९ दशमलव ३३ र विकास बैंक समूहको उपसूचक १३ दशमलव ४२ अंकले घटेको छ । यस्तै, उत्पादनमूलक कम्पनी समूहको उपसूचक भने ८ दशमलव ६९ अंकले बढेको छ ।

नेप्सेमा आज कुल १ सय ६२ कम्पनीका ३ हजार ६ सय ८९ कारोबारबाट ६ लाख ८१ हजार १ सय ३८ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, १६ करोड ६१ लाख ७३ हजार ६ सय २८ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेमा आज माथिल्ले तामाकोशी जलविद्युत आयोजनाको सबैभन्दा बढी कारोबार भएको छ ।


प्रतिक्रिया