नेपाल पत्रकार महासंघको विधानमाथि छलफल हुँदै

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १०, २०७५ | पोखरा

- नेपाल पत्रकार महासंघको पोखरामा जारी वार्षिक साधारणसभा एवं विधान अधिवेशनमा आज प्रस्तावित विधानमाथि छलफल हुँदैछ । छलफलपछि विधानमाथि आवश्यक संशोधन गरी पारित हुने महासंघले जनाएको छ ।

महासंघ केन्द्र प्रदेश र जिल्ला शाखाको नेतृत्व चयन प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुनेगरी विधान संशोधन गर्न लागिएको हो । संघीय संरचनाअनुसार महासंघको संरचना पनि परिवर्तन गर्नका लागि विभिन्न ३ वटा प्रस्ताव गरिएका छन् ।

साथै हरेक साधारण सदस्यले एकैपटक केन्द्र, प्रदेश र जिल्ला शाखाका पदाधिकारी चयन गर्ने व्यवस्था, ट्रेड युनियन बनाउने वा समावेशी तवरले परिमार्जन गर्ने भन्ने बारे छलफल हुने जनाइएको छ । साधारणसभामा सहभागी हुन देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी एक हजार ४ सय प्रतिनिधि पोखरा पुगेका छन् ।  हिजो शुरु अधिवेशन आज सकिनेछ । 


प्रतिक्रिया