डीपीएलको दोस्रो क्वालिफायरमा काठमाडौं र महेन्द्रनगर भिड्दै 

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १०, २०७५ | धनगढी

- धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलको दोस्रो क्वालिफायर खेलमा काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ । धनगढीस्थित प्रस्ताबित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे मैदान उत्रदा, दुबै टोली फाईनल प्रबेशको योजनामा रहनेछन् ।

पहिलो क्वालिफायरमा अत्तरियासंग हार भोगेको काठमाडौँलाई दोस्रो पटक मौका जुरेको हो । एलिमिनेटरमा रुपन्देही च्यालेन्जर्समाथि १ रनको रोमाञ्चक जीत निकाल्दै महेन्द्रनगरले काठमाडौसंगको भेट पक्का गरेको थियो । 

आजको बिजेताले डीपीएलको उपाधिका लागी सीवाईसी अत्तरियाको सामना गर्नेछ । तेस्रो संस्करणको डीपीएलको उपाधि भिडन्त भोलि हुनेछ । 

 


प्रतिक्रिया