प्रदेश २ को नाम मिथिला र भाषा मैथिली : देउवा

फाल्गुन १९, २०७५ | जनकपुर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश २ को नाम मिथिला र भाषा मैथिली हुनु पर्ने बताउनुभएको छ । प्राचीन शहर जनकपुर नै प्रदेशको राजधानी लागि उपयुक्त हुने कांग्रेस सभापति देउवाको भनाई छ । जनकपुरमा पत्रकार भेटघाटमा सभापति देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले वर्ष दिनमा केही पनि गर्न नसकेको टिप्पणी गर्नुभयोे । 

सरकारले संघीयतालाई कमजोर बनाउने षड्यन्त्रमा गरिरहेको सभापति देउवाको अरोप छ । वाइडबडी भ्रट्राचारको वास्तविकता तुरुन्त सार्वजनिक गर्न सरकारसँग देउवाको माग छ ।

सँंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि वाइडबडी खरिदमा भएको अनियमितताको सत्यतथ्य बाहिर नआउने शंका उपशंका भइरहेका बेला वाइडबडीको वास्तविक छानबिन रोकिनु नहुने उहाँको भनाई थियो ।

नेपाली कांग्रेस पार्टी भित्रको विवाद मिलाउन छुट्टै कमिटी गठन गर्ने देउवाले जानकारी दिनुभयो । 


प्रतिक्रिया