वाइडबडी प्रकरणमा सत्य–तथ्य छानबिन हुनेमा शंका : देउवा

फाल्गुन १९, २०७५ | जनकपुर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी प्रकरणमा सत्य–तथ्य छानबिन हुनेमा आशंका व्यक्त गर्नुभएको छ । जनकपुरमा आज पत्रकार भेटघाट कार्यक्रममा सभापति देउवाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि वाइडबडी खरिदमा भएको अनियमितताको सत्य तथ्य बाहिर आउनेमा आशंका बढेको बताउनुभयो ।

वाइडबडी खरिद प्रक्रियामा भएको भ्रष्टाचारको वास्तविकता तुरुन्त सार्वजनिक गर्न पनि देउवाले सरकारसंग माग गर्नुभयो । वाइडबडी प्रकरणमा तपाइको नाम पनि मुछिएको छ नि भन्ने प्रश्नको जवाफमा सभापति देउवाले भन्नुभयो, "म प्रधानमन्त्री हुँदा कुन मन्त्रालयमा के भयो थाहा भएन । १९ वटै मन्त्रालयको विवरण मलाई कसरी थाहा हुन्छ ?"

फरक प्रशंगमा सभापति देउवाले प्रदेश २ को नाम मिथिला र भाष मैथिली हुनु पर्ने बताउनुभएको छ । सभापति देउवाले प्रदेशको स्थायी राजधानी समेत जनकपुरलाई बनाउनुपर्ने सुझाव दिनुभएको छ । 

 


प्रतिक्रिया