मिस्टर एण्ड मिस रोट्रयाक्टको फाइनल फागुन २५ गते

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २३, २०७५ | काठमाडौं

आगामी शनिबार काठमाडौंमा मिस्टर एण्ड मिस रोट्रयाक्ट प्रतियोगिताको फाइनल हुने भएको छ । रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल र भुटानको आयोजनामा मिस्टर एण्ड मिस रोट्रयाक्टको दोश्रो संस्करण आयोजना हुन लागेको हो ।

सो प्रतियोगिताको फाइनल आगामी शनिबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ । कार्यक्रमको मुख्य प्रायोजक युनिक्याम्पस ग्लोबल, आर्.बी डायमन्डस्, टर्किस् एयरलाइन्स र सक्सेस् ट्रेडिड रहेका छन् । यसका साथै कार्यक्रमलाई नेपाल इन्भेस्टमेन्ट बैँक लिमिटेड, डिश होम, मदर्श आर्म चाइल्ड केयर, काठमाडौ प्याराग्लाइडिङ र भायनेटको समेत सहयोग रहेको छ ।

देशका ५ मुख्य शहरमा गत माघ १२ गते अडिसन सम्पन्न भई करीब २ सय जना सहभागीबाट ७७ जना दोस्रो चरणमा छानिएका थिए । यस चरणबाट विभिन्न क्रियाकलापका आधारमा मूल्यांकन भई पुरुष र महिला गरी ३६ प्रतियोगी (१८ पुरुष र १८ महिला) अन्तिम चरणका लागि छानिएका थिए ।

ती ३६ प्रतियोगीलाई ३ दिने बन्द शिविरमा राखि विभिन्न नेतृत्व तथा व्यक्त्वि विकासको प्रशिक्षण दिई कार्यक्रमको फाइनलमा प्रस्तुत गरिनेछ । फाइनलमा मुख्य अतिथिका रुपमा रोटरी डिस्ट्रिक्ट ३२९२ का गभर्नर रो. चिन्तामणी भट्टराई रहने छ ।

कार्यक्रममा गायिका केन्जल मेहर श्रेष्ठको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । यस कार्यक्रमको मुख्य उद्देश्य बाहिरी सुन्दरताको मूल्यांकन नभई प्रशिक्षण र स्वयंमा कति विकास देखिन्छ र कसरी प्रस्तुत गर्न सक्छ भन्ने कुरामा जोड दिनु रहेको आयोजकले जनाएको छ ।

मिस्टर एण्ड मिस रोट्रयाक्ट अहिले हुने गरेको प्रतिस्पर्धा भन्दा फरक कार्यक्रम भएको कार्यक्रम संयोजक पेशल भट्टराईले बताए । देशभरी छरिएर बसेका रोटराक्टर र रोटेरियन् लाई समावेश गर्ने गरि यस कार्यक्रमको आयोजना गरिएको हो । यस प्रतियोगिताका बिजेताहरुले रोटरी नेपालको शाक्षरता अभियानका दूत भई विभिन्न कार्यक्रममा सहभागी अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया