अज्ञात समुहको आक्रमणबाट एक जनाको मृत्यु 

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २७, २०७५ | बुटवल

-  रुपन्देहीको देवदहमा अज्ञात समुहको आक्रमणबाट अमिस पुरीको मृत्यु भएको छ । खैरेनीबाट भलुहीतर्फ जाँदैगरेको मोटरसाइकलमा सवार अन्दाजी २० बर्षिय  पुरीलाई देवदह नगरपालिका वडा नम्बर ५ का पुरी बाटोमै अज्ञात समुहले आक्रमण गरेको इलाका प्रहरी कार्यलय, बुटवलका डिएसपी डिलबहादुर मल्लले बताउनुभयो ।

आक्रमणबाट गम्भीर घाइते भएका पुरीलाई उपचारका लागि देवदह मेडिकल कलेज भलुहीमा पुर्‍याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।  आक्रमण कसले किन गर्यो भन्नेबारेमा खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

 


प्रतिक्रिया