जनअभिमत भनेको जनमतसंग्रह पनि हुन सक्छ : प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमाल

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ३०, २०७५ | काठमाडौं

जनअभिमत भनेको जनमतसंग्रह पनि हुन सक्छ : प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमाल

The Headliners | Journalist Tejendra | 14 March 2019

सरकारले गत शुक्रवार स्वतन्त्र मधेशको माग गर्दै आन्दोलन गरिरहेको सीके राउत समुहसँग काठमाडौंमा ११ बुँदे सहमति गर्यो अनि मंगलवार नेत्रविक्रम चन्द समुहको गतिविधिमा प्रतिवन्ध लगायो । छुट्टाछुट्टै उद्धेश्य सहित आन्दोलन गरिरहेका यी दुई समुहमाथि सरकारको फरक ब्यवहारलाई लिएर यो बेला राजनीति तरंगित छ । ५ दिन भित्र भएका यी दुई महत्वपूर्ण राजनीतिक घटनालाई लिएर समर्थन र बिरोधका आवाज पनि व्याप्त छन् । सत्तापक्षकै शीर्ष नेताहरु बिरोधमा उत्रिएका छन् भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राउतसँगको सहमतिलाई स्पष्ट पार्न सरकारसँग माग गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले चन्द समुहमाथिको प्रतिवन्धको भने स्वागत गर्नुभएको छ । राउत र चन्द समुहको फरक उद्धेश्य अनि सरकारको फरक निर्णयमा केन्द्रित भएर हामीले बिहीबारको द हेडलाईनर्समा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार  विष्णु रिमालसँग कुरा गरेका छौं ।

Snippet of latest news. Updates of sporting and political events, Traffic information, Weather and temperature. Fastest yet the authentic source of information.Variety of news from politics to economics, entertainment to sports, Science to humorous District Diary in a bulletinVox Pop and expert's opinion. News from all over the nation.

Radio Kantipur को सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग youtube मा जोडिनुहोस् :

https://www.youtube.com/c/RadioKantipur961?sub_confirmation=1

Each hour we uncover the most interesting and informative articles from around the world.

Listen the latest news and breaking news today for Nepal, world, weather, entertainment, politics, tech reviews, science, health and many more at Radiokantipur.ekanatipur.com .

Like us at: https://www.facebook.com/kantipurradio

Follow us at: https://twitter.com/kantipurfm961


प्रतिक्रिया