मिर्गौला दिवसको अवसरमा आयोजित पैदल यात्रामा प्रधानमन्त्री

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ३०, २०७५ | काठमाडौं

विश्व मिर्गौला दिवसको अवसरमा त्रिभूुन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग, फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी नेपाल (पीएसआरन) र स्वतन्त्र विद्यार्थी यूनियन आज बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभएको छ ।

कार्यक्रमका आयोजकसँगै पैदल यात्रा गरेर प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारिरीक व्यायाममा ध्यान दिनुपर्ने बताउनुभएको छ ।  

अस्पतालकी मिर्गौला विभाग प्रमुख एवं प्रधानमन्त्रीकी निजी चिकित्सक समेत रहनुभएकी वरिष्ठ डा. दिव्या सिंहले सचेतनाका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।  


प्रतिक्रिया