७३७ म्याक्स मोडलका विमान उडान बन्द

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ३०, २०७५

- विमान निर्माता कम्पनि बोईङले ईथियोपिया एयरलाईन्स दुर्घटनामा परेको आफ्ना सेभेन थ्रि सेभन म्याक्स मोडलका सबै उडान बन्द गर्ने निर्णय गरेको छ । ईथियोपियन एयरलाईन्स दुर्घटना स्थलबाट नयाँ प्रमाणहरु फेला परेको अमेरिकी विमान निर्माताले उल्लेख गरेको हो । अमेरिकी संघिय उड्डयन केन्द्रले नयाँ प्राप्त विमान र क्याटलाईट डाटाका आधारमा तत्कालका लागी उडान बन्द गर्नु सहि विकल्प रहेको उल्लेख गरेको छ ।

सो विमानको सुरक्षा प्रविधिमा कुनै समस्या नरहेपनि तत्काल अनुसन्धान अवधिभर उडान बन्द गर्नु सहि निर्णय रहेको बोईङले जारी गरेको वक्तब्यमा उल्लेख छ । विमान चालकहरुले भने यसअघि पनि सो विमानको अवतरणमा समस्या रहेको गुनासो गरेको बीबीसीले उल्लेख गरेको छ ।

    विश्वका अधिकांश मुलुकले विमानको उडानमा प्रतिबन्ध लगाउँदा समेत अमेरिकाले प्रतिबन्धको आवश्यक नरहेको दाबी गरेको थियो । गत आईतबार ईथियोपियाको राजधानी एदिस अबाबाबाट उडेको जहाज दुर्घटनामा परी १ सय ५७ जनाको मृत्यु भएको थियो । गत अक्टोबरमा सोही मोडलको विमान दुर्घटनामा परी ईण्डोनेसियामा १ सय ८९ जनाको मृत्यु भएको थियो । 

 


प्रतिक्रिया