दाउफिन्स माईभ्याली गोल्डकपको सेमिफाइनलमा

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ३०, २०७५ | ईलाम

विभागीय एपीएफलाई पराजित गर्दै क्यामरुनको दाउफिन्स, अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । ईलाम सदरमुकाम ठूलो टुँडिखेल मैदानमा भएको तेश्रोे क्वार्टरफाइनलमा दाउफिन्सले विभागीय एपीएफलाई ३–१ ले पाखा लगायो ।

दाउफिन्सको जितमा पेटङगाले २ तथा मेसुकेले १ गोल गरे । एपीएफका हरी कार्कीले १ गोल गरे । फाइनल प्रवेशका लागि दाउफिन्सले विभागीय पुलिसको सामना गर्नेछ ।

प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा भोलि त्रिभुवन आर्मी र झापाको मेची नेत्रालयबीच प्रतिस्पर्धा हुनेछ । यसअघि हिमालय शेर्पा र पुलिसले समेत सेमिफाइनलमा स्थान बनाईसकेका छन् । 


प्रतिक्रिया