मेची नेत्रालय माईभ्यालीको सेमिफाइनलमा

रेडियो कान्तिपुर संवाददाता

चैत्र १, २०७५ | इलाम

विभागीय टोली त्रिभुवन आर्मीलाई टाइब्रेकरमा पराजित गर्दै झपाको मेची नेत्रालय इलाममा जारी पाँचौ अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली फुटवल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिईएको हो ।

टाईब्रेकरमा आर्मी ४–३ ले पराजित भयो । दोस्रो हाफमा जितेन्द्र कार्कीको गोलबाट आर्मीले अग्रता लिएपनि झापाका लागि विकास राईले बराबरी गोल फर्काएका थिए । टाईब्रेकरमा मेची नेत्रालयका भिक्टोर र आर्मीका युद्ध शाही र विवेक वस्नेत गोल गर्न चुकेका थिए ।

सेमिफाइनलमा मेची नेत्रालयले हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्नेछ । 

पहिलो सेमिफाइलनमा भोली क्याम्रुनको दाउफिन्स क्लव र नेपाल पुलिस क्लव आमने सामने हुनेछन् ।  

 


प्रतिक्रिया