दाउफिन्स माईभ्याली गोल्डकप फुटबलको फाइनलमा

रेडियो कान्तिपुर संवाददाता

चैत्र २, २०७५ | इलाम

क्यामरुनको दाउफिन्स क्लब, ईलाममा जारी पाँचौ संस्करणको माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ईलाम सदरमुकामस्थित ठूलो टुँडीखेल मैदानमा आज भएको पहिलो सेमिफाइनलमा विभागीय नेपाल पुलिसलाई २–० ले पराजित गर्दै दाउफिन्स उपाधि नजिक पुगेको हो ।

जारी सिजनमा दाउफिनले पुलिसको चुनौती पन्छाएको यो चौंथो पटक हो । दाउफिन्सको जितमा टिनाटिना र आहान्दा इसाले गोल गरे ।

दाउफिनका टिनाटिना म्यान अफ दी म्याच घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे । दाउफिन्सले उपाधिका लागि भोलि हुने हिमालयन शेर्पा र झापाको मेची नेत्रालयबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले ७ तथा उपविजेताले ४ लाख रुपैयाँ हात पार्नेछन् ।    


प्रतिक्रिया