विभिन्न कुलत नियन्त्रणका लागि अभियान संचालन

चैत्र ५, २०७५ | डोल्पा

– जाँडरक्सी सेवन गरी होहल्ला गरेर शान्ति खलबल्याउने लगायतका कुलत नियन्त्रणका लागि डोल्पाको मुड्केचुला गाउँपालिकाले सचेतना अभियान संचालन गरेको छ । मदिरा खाएर हिड्ने, जुवातास खेलेर समाजको शान्ति खलबल्याउने लगायतका कुलत नियन्त्रण गर्न सो गाउँपालिकाले मदिरा नियन्त्रण गर्ने, जुवातास प्रतिबन्ध गर्ने निर्णय गरेको हो ।

यसअघि सचेतना अभियान नै चलाइए पनि यस्ता गतिविधि नरोकिएकाले पुनः कार्यक्रम संचालन गरिएको मुड्केचुला गाउँपालिका ७ होर्तका वडा अध्यक्ष जयप्रसाद बुढाले बताउनुभयो । सामाजिक शान्ति खलबल्याउने काम गरेमा कारवाही तथा जरिवाना गरिने र नमाने मुद्दा चलाई आवश्यक कारवाही गरिने गाउँपालिकाले जनाएको छ । 


प्रतिक्रिया