सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो

रेडियो कान्तिपुर संवाददाता

चैत्र ७, २०७५ | काठमाडौं

सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले बढेको हो । कारोबार भएको अन्तिम दिन गत मंगलबार प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा किनबेच भएको सुनको मूल्य आज ६० हजार २ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो बुधबार देखि निरन्तर घटेको सुनको मूल्य आज भने बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ७ सय ४० रुपैयाँ पुगेको छ । 


प्रतिक्रिया