विश्वकप फुटशल प्रतियोगितामा सहभागी हुन नेपाली टोली अर्जेन्टिना जाने

रेडियो कान्तिपुर संवाददाता

चैत्र १३, २०७५ | काठमाडौं

- अर्जेन्टिनामा हुने १२ औँ संस्करणको विश्वकप फुटशल प्रतियोगितामा सहभागी हुने नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने भएको छ । राजधानीमा आज पत्रकार सम्मेलन गर्दै आईतबारदेखि सुरु हुने प्रतियोगिताका लागि १७ सदस्यीय टोली भोलि जाने नेपाल फुटसल संघका महासचिव वटुकृष्ण थापाले जानकारी दिए ।

टोलीका कप्तान सन्दिपजंग कार्कीले आफुहरु दोस्रो चरणमा पुग्ने लक्ष्यमा रहेको बताए । १६ देश सहभागी हुने प्रतियोगितामा नेपाल समुह डि मा छ । समुह चरणमा नेपालले क्यानडा, फ्रान्स र क्याटलिनियासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । समुह चरणका उत्कृष्ट २ टोलीले अघिल्लो चरणमा स्थान बनाउनेछ । प्रतियोगितामा ब्राजिल, अर्जेन्टिना, अष्ट्रेलिया, कोलम्बिया ईटाली लगायतका देशले प्रतिस्पर्धा गर्नेछन् । 


प्रतिक्रिया