हावाहुरी पीडितलाई गण्डकी प्रदेशद्वारा एक करोड सहयोग

रेडियो कान्तिपुर संवाददाता

चैत्र २८, २०७५ | पोखरा–

बारा र पर्साका हावाहुरीबाट प्रभावितको आवास निर्माणका लागि गण्डकी प्रदेश सरकारले प्रदेश २ सरकारलाई १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को बिहीबारको बैठकले सो रकम सहयोग गर्ने निर्णय गरेको हो । 

यही चैत १७ मा बारा र पर्सामा आएको हावाहुरीबाट प्रभावितलाई आवास बनाउन सो रकम सहयोग गरिएको सकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले बताउनुभयो । उहाँका अनुसार प्रदेशको विपद व्यवस्थापन कोषबाट सो रकम प्रदेश सरकारको खातामा पठाइनेछ ।

हावाहुरीले दुबै जिल्लामा जनधनको क्षति पुर्‍याएको थियो । प्रदेशसभाको हिउँदे अधिवेशन बैशाख ७ मा सकिने छ ।

यसैबीच, मन्त्रीपरिषद बैठकले प्रदेशसभाको चालू हिउँदे अधिवेशन आगामी बैशाख ७ मा अन्त्य हुनेगरी प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । अधिवेशन गत पुस २३ मा सुरु भएको थियो । बैठकले विभिन्न कार्यविधि पनि पारित गरेको मन्त्री बस्नेतले बताउनुभयो ।


प्रतिक्रिया