विप्लव समहूका मकवानपुर ईन्चार्ज पक्राउ

चैत्र २९, २०७५ | हेटौंडा

नेत्र विक्रम चन्द  समूहका मकवानपुर इन्चार्ज वीरबहादुर घलान (ज्वाला) सहित २ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका—८ फायरलाईनवाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एक जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले पक्राउ गरेको औपचारिक रुपमा सार्वजनिक गरेको छैन । यस अघि मकवानपुर प्रहरीले विप्लब समूहका कार्यकर्ता भएको आरोपमा चार जनालाई पक्राउ गरेर हिरासतमा राखेर विभिन्न मुद्दाहरु चलाएको छ ।  

 


प्रतिक्रिया