ब्याडमिन्टनको फाइनलमा विभागीय खेलाडले प्रतिस्पर्धा गर्ने

रेडियो कान्तिपुर संवाददाता

वैशाख ६, २०७६ | दाङ

- दाङमै भएको ब्याडमिन्टन प्रतियोगिताको विभिन्न विधाको फाइनल स्पर्धामा विभागीय टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ब्याटमिन्टको मिक्स डबल्सतर्फ एपीएफका पूजा श्रेष्ठ र दिपेश धामी तथा जेशिका गुरुङ र गौतम सिंह कठायतको जोडी फाइनल प्रवेश गरेको छ । पुरुष एकलतर्फ सेनाका रत्नजित तामाङ, एपीएफका दिपेश धामीबीच प्रतिस्पर्धा हुनेछ ।

घोराहीस्थित कभर्डहलमा हुने प्रतियोगिताको महिला एकलको फाइनलमा सेनाका दुवै खेलाडी नङ्शल देवी तामाङ र रशिला महर्जनले प्रतिस्पर्धा गर्ने भएका छन् । पुरुष जोडीतर्फ एपीएफ र सेनाको जोडीबीच भिडन्त पक्का भएको छ । महिला युगलतर्फ पनि सेना र एपीएफकै भिडन्त हुने छ । 

 


प्रतिक्रिया