एथलेटिक्स : आर्मीलाई ५ र पुलिसलाई १ स्वर्ण

रेडियो कान्तिपुर संवाददाता

वैशाख ६, २०७६ | दाङ

- आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्सतर्फ आज भएका खेलमा विभागीय आर्मीले ५ र पुलिसले १ स्वर्ण हात पारेका छन् । दाङको बेलझुण्डी रंगशालामा भएको ज्याभलिन थ्रो खेलमा पुलिसकी चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण जितेकी हुन् ।

लामगादेले महिला ज्याभलिन थ्रोमा आफ्नै कीर्तिमान तोड्दै ४४ दशमलब ५ मिटरको नयाँ कीर्तिमान रचेकी हुन् । हिजो उनले शटपुटको महिला तर्फ कीर्तिमान बनाएकी थिइन् । आर्मीकी लक्ष्मी थारुले रजत र एपीएफकी सीमाकुमारी थारुले कांस्य जिते । आर्मीका सरस्वती भट्टराई, टंक कार्की, डिल्ली खत्री, कृष्णा चौधरी र रोहित चौधरीले एथ्लेटिक्सका विभिन्न स्पर्धामा स्वर्ण जिते ।

 यसैबीच, प्याराग्लाइडिङका प्रतिस्पर्धा पोखरामा सुरु भएको छ ।  प्याराग्लाइडिङ पहिलो पटक राष्ट्रिय खेलकुदमा समावेश भएको हो । प्रतियोगितामा ५९ जना प्याराग्लाईडरहरु सहभागी भएको प्रतियोगितामा ६ स्वर्णका लागि दुई विधामा प्रतिस्पर्धा हुनेछ । 

 


प्रतिक्रिया