महिला क्रिकेट : एपीएफ सेमिफाइनलमा

रेडियो कान्तिपुर संवाददाता

वैशाख ६, २०७६ | दाङ

- सशस्त्र प्रहरीको एपीएफ दाङमा भएको महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । लमही क्रिकेट मैदानमा भएको खेलमा देश ३ लाई ९ विकेटले हराउँदै एपीएफ अन्तिम ४ मा पुगेको हो । आजै भएको अर्को खेलमा  प्रदेश ५ ले गण्डकी प्रदेशलाई, १ सय १ रनले पराजीत गरेको छ ।

 १ सय ७० रनको लक्ष्य पाएको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र ६८ रन जोड्न सक्यो  । त्यसअघि टस जितेर ब्याटिङ गरेको प्रदेश ५ ले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६९ रन जोड्यो ।

 राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेट तर्फ नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई २८ रनले हराएको छ । भने सुदुरपश्चिम प्रदेश, प्रदेश ५ सँग २२ रनले पराजीत भएको छ ।

 


प्रतिक्रिया