राजर्षि जनककप फुटवल : रुस्लान थ्रीस्टालाई उपाधि

रेडियो कान्तिपुर संवाददाता

वैशाख ६, २०७६ | सर्लाही

- सर्लाहीमा सम्पन्न राजर्षि जनककप फुटवलको उपाधि रुस्लान थ्रीस्टारले उचालेको छ । बागमतीस्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आज भएको फाइनलमा आयोजक बागमती नगरपालिकाको टिमलाई २–१ गोलले पराजित गर्दै थ्रीस्टारले उपाधीसहित १० लाख रुपैयाँ हात पार्‍यो । दोस्रो हाफमा एकने क्रिस्टियानको गोलमार्फत आयोजकले अग्रता बनाएपनि त्यसको केही मिनेटमा रेजिन धिमालले पेनाल्टी मार्फत् गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफको ईन्जुरी समयमा शुसिल राइले गोल गर्दै थ्रीस्टारको जित सुनिश्चित गरे ।  उपविजेता बाग्मतीले ५ लाखमा चित्त बुझायो । व्यक्तिगत विधातर्फ बागमतीका अरुण तामाङ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर एकने क्रिस्टियान बने । बागमती राइजिङ अफ द इयर बनेका सगुन राईले १ थान मोटरसाईकल हात पारे  ।

४ गोल गरेका थ्रीस्टारका सुशिल राई सर्वाधिक गोलकर्ता बने । थ्रीस्टारका बिक्रम लामा उत्कृष्ट मिडफिल्डर, मेघराज केसी उत्कृष्ट प्रशिक्षक बने उनीहरु सबैले जनाही २० हजार रुपैयाँ पाए ।  


प्रतिक्रिया