श्रीलंकामा भएको श्रृंखलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या २९० पुग्यो

रेडियो कान्तिपुर संवाददाता

वैशाख ९, २०७६ | बीबीसी

श्रीलंकाका विभिन्न स्थानमा भएका श्रृंखलाबद्ध विस्फोटमा मृत्यु हुने २ सय ९० पुगेका छन् । राजधानी कोलम्बोका चर्च तथा सुविधा सम्पन्न होटेलहरुमा गरी ८ स्थानमा भएका विस्फोटमा ५ सय बढी घाइते भएका छन् ।

मृत्यु भएकामा ३६ जना विदेशी नागरिक छन् । जसमा ५ जना बेलायती, ३ डेनिस, ३ भारतीय, २ टर्कीस तथा पोर्चुगल, जापान र नेदल्याण्ड्स्का १/१ जनाको मात्र पहिचान भएको स्थानीय अधिकारीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

आक्रमणको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । यद्यपि, घटनामा संलग्न भएको आंशकामा २४ जनालाई स्थानीय प्रहरीले पक्राउ गरेको छ । सन् २००९ मा गृहयुद्ध सकिएपछि भएको यो सबैभन्दा ठूलो आक्रमण हो । इसाई धर्मावलम्वीको पर्व इस्टरलाई स्वागत गर्ने क्रममा भएको आक्रमणका कारण श्रीलंका शोकमा डुबेको बीबीसीले उल्लेख गरेको छ । 

यसैबीच, विभिन्न स्थानमा श्रृंखलाबद्ध आक्रमणपछि हिजो लगाएको कफर््यू हटाइएको छ । थप आक्रमण हुनसक्ने आशंकामा लगाईएको कफर््यू अवस्था सामान्य बन्दै गएपछि हटाएको स्थानीय प्रशासनले उल्लेख गरेको छ । 


प्रतिक्रिया