प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन

रेडियो कान्तिपुर संवाददाता

वैशाख ९, २०७६ | काठमाडौं

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुई दिने अन्तर्राष्ट्रिय प्राङ्गारिक विज्ञ सम्मेलन आयोजना गर्ने भएको छ । रासायनिक मल र विषादी निरुत्साहित गरी प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्न सम्मेलन आयोजना गर्न लागिएको हो ।

प्राङ्गारिक कृषि प्रवर्धन उच्चस्तरीय कार्यदलको सोमबार मन्त्रालयमा बसेको तेस्रो बैठकले यस्तो निर्णय गरेको हो । सम्मेलन आगामी बैशाख ३१ र जेष्ठ १ गते काठमाडौमा हुन लागेको कार्यदलका सदस्य सचीव डा. गंगा आचार्यले जानकारी दिनुभयो ।

आचार्यका अनुसार सम्मेलन भारत, भुटान, क्युवा, र स्पेनका प्राङगारिक विज्ञ आउने छन् । सम्मेलनमा स्वदेशी र विदेशी गरी करीब १ सय ५० जना विज्ञको सहाभागिता रहने कार्यदलले जनाएको छ । सम्मेलन व्यवस्थापनका लागि कृषि तथा पशुपन्छी विकास राज्यमन्क्री रामकुमारी चौधरीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ ।

दुई दिने सो सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले समापन गर्ने आचार्यले बताउनुभयो । सम्मेलनबाट आएका सुझावलाई समेटेर कार्यदलले प्रतिवेदन तयार गरि जेठको पहिलो हप्तासम्म प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको छ ।

प्राङ्गारिक खेतिलाई प्रवर्धन गर्न भन्दै गत पुस २९ गते कृषि तथा पशुपन्छी विकास मन्क्री चत्रपाणी खनालको सम्योजकत्वमा १५ सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलले अहिलेसम्म सातै प्रदेस र उपत्यकामा गरी १० वटा अन्तर्क्रिया गरेर सुझाव संकलन गरेको कार्यदलका सदस्य कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।


प्रतिक्रिया