युक्रेनको नयाँ राष्ट्रपतिमा जेलेन्स्की निर्वाचित 

रेडियो कान्तिपुर संवाददाता

वैशाख ९, २०७६ | बीबीसी

युक्रेनको नयाँ राष्ट्रपतिमा हाँस्य कलाकार भोलोदिमिर जेलेन्स्की निर्वाचित हुनुभएको छ । निवर्तमान राष्ट्रपति पेत्रो पोरोसेन्कोलाई पराजित गर्दै जेलेन्स्की नयाँ राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो ।

जेलेन्स्कीले ७३ प्रतिशत मत हासिल गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी निवर्तमान राष्ट्रपति पेत्रो पोरोसेन्कोले २४ प्रतिशत मत हासिल गर्नुभएको बीबीसीले उल्लेख गरेको छ ।

आफ्ना समर्थकमाझ खुसी साट्दै जेलेन्स्कीले सबैलाई समेटेर अघि बढ्ने बताउनुभयो । ४१ वर्षीय जेलेन्स्कीले रुसी समर्थन प्राप्त युक्रेनी समूहसँग शान्ति वार्ता गर्ने बताउनुभयो ।

प्रारम्भिक मतगणना सार्वजनिक भएपछि नै हार स्वीकारेका पोरोसेन्कोले भने मतदानको सम्मान गर्ने र आगामी दिनमा पनि राजनीतिक यात्रा जारी राख्ने बताउनुभएको छ । 


प्रतिक्रिया