चट्याङ लागेर भद्रपुरमा एकको मृत्यु

वैशाख १३, २०७६ | बिर्तामोड

चट्याङ लागेर झापा भद्रपुर नगरपालिकामा एक जनाको  मृत्यु भएको छ । शुक्रबार बिहान २ : ३० बजे पानीसंगै परेको चट्याङ लागेर भद्रपुर ६ का ३२ वर्षीय भीम राजवंशीको मृत्यु भएको हो ।

आफ्नै घरमा रहेको समयमा राजवंशीलाई चट्याङ लागेको थियो । गम्भीर घाइते उनको स्थानीय ओमसाई पाथीभरा अस्पतालमा उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  

 


प्रतिक्रिया